१ मंसिर, काठमाडौँ । कतारविरुद्धको तीनवटा टी २० अन्तर्राष्ट्रिय खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। दोहामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय २९ रन बनायो।
कप्तान रुविना क्षेत्रीले ५० रनको योगदान दिदाँ कविता कुँवरले ३१ र अप्सरी बेगमले अविजित २३ रन बनाए।
कतारका एजेन्लीन मारेले २ तथा, साची दध्वाल, अलिना खान र सबिजा पानायनले १–१ विकेट हात पार्दा १ विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्