Logo

राणालाई बारको जवाफ – ‘तपाईं अब वार्ताका लागि लयक हुनुहुन्न, राजीनामा दिनुस्’



Spread the love

२९ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जारी गरेको वक्तव्यपछि कानुन व्यवसायीहरुले राणालाई विचौलियाको नाइके भएको आरोप लगाएका छन्। साथै, नेपाल बार एसोसिएसनले आफूहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेरराणासँग वार्तामा नबस्ने जवाफ फर्काएका छन्। यसअघि सोमबार बिहान विज्ञप्ती जारी गर्दै राणाले आन्दोलन छाडेर कानुन व्यवसायीलाई बार्तामा आउन आग्रह गरेका थिए ।

सो जवाफ दिँदै पूर्व कोषाध्यक्ष परशुराम कोइरालाले भने, “तपाईं अब वार्ताका लागि लयक हुनुहुन्न । तपाईंको नेतृत्वमा अब न्यायालय चल्न सक्दैन । न्यायालय सुधारको अभियानमा बाधक नबन्दिनुस्, राजीनामा दिनुस् ।”

प्रतिक्रिया दिनुहोस्