२८ कात्तिक, काठमाडौँ । आइतबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले १० वटा इजलास तोकेका छन्। राणाले ८ संयुक्त र २ एकल इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् । उनले आफूलाई भने आज इजलास तोकेका छैनन्।
उनले आज न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराई, मिरा खड्का र हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमा, बमकुमार श्रेष्ठ र हरिप्रसाद फुयाल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र कुमार चुडाल, तेजबहादुर केसी र मनोजकुमार शर्मालाई इजलास तोकेका हुन्।
कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा प्रदर्शन गरिरहेको समयमा जबरा वैकल्पिक गेटबाट अदालतभित्र प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्