Logo

बारको घोषणा – प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक



Spread the love

२५ कात्तिक, काठमाडौँ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। शुक्रबार अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

बारको धर्नामा आज प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन्।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्