Logo

१२ औं राष्ट्रिय जनगणना – भोलिदेखि ८० वटा प्रश्‍न लिएर गणक घरदैलोमा



Spread the love

२४ कात्तिक, काठमाडौं । बिहीबारदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।

एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । ८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने छ ।

यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्