२४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि सर्तसहित राजीनामा दिन तयार भएका हुन् ।
उनले सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने र बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेको स्रोतले बतायो।
आफ्नो प्रस्ताव मान्न सबै न्यायाधीश तयार भएमात्र आफूले दिने राजीनामा जबराले स्पष्ट पारेका छन् । अन्यथा कुनै हालतमा राजीनामा नदिने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्