२४ कात्तिक, सिन्धुली । बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण कार्यक्रम स्थगित गरिएको छ । उक्त्त कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाडीमा निषेधाज्ञा जारी गरेको छ ।
विवादलाई साम्य बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्