२३ कात्तिक, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै खाले मुद्दाको पेशी तोके पनि न्यायाधीशहरूले ती मुद्दा हेर्न अस्वीकार गरेका छन् । न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् । अन्य इजलास बस्न सकेका छैनन् ।
न्यायालयमा देखिएका समस्या समाधानका लागि जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्न अस्वीकार गर्दै आएका छन् ।
जबराले मंगलवार सबै खाले मुद्दा पेशीमा राखेर १० वटा इजलास तोकेका थिए।
प्रतिक्रिया दिनुहोस्