Logo

प्रधानन्यायाधीशको संयुक्त इजलासमा बसेनन् न्यायाधीश चुडाल



Spread the love

२२ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका ४ वटा संयुक्त इजलासमध्ये ३ वटा मात्रै बसेको छ ।

न्यायाधीश कुमार चुडालले एकल इजलासमा भएका मुद्दाको सुनुवाई गरेपनि प्रधानन्यायाधीश जबरा संलग्न इजलासमा भने सुनुवाइ हुन सकेन ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजालस बसेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास पनि बसेको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका थिए।

प्रतिक्रिया दिनुहोस्