२२ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको हो।
यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र छन् । केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको छ।
त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्