२२ कात्तिक, काठमाडौँ । नेपाल बार एसोसियसनले आज पनि धर्ना सुरु गरेको छ। । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिएका हुन्।
बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित तिहारअघि पहिलो चरणमा धर्नाको कार्यक्रम घोषणा गरेको थियो। बारले दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्