१७ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज ९ वटा इजलास तोकेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा जबराले ६ वटा संयुक्त र ३ वटा एकल गरी ९ वटा इजलास तोकेका हुन् ।
आज प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा, र सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठलाई संयुक्त इजालस तोकेका छन् । जबराले एकल इजलास भने न्यायाधीशहरु कुमार चुडाल, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीलाई तोकि दिएका छन् ।
यसअघि हिजोपनि बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दाको इजलास तोकिएको थियो । तर, न्यायाधीशहरुले हिजोको इजलास बहिष्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्