१६ कात्तिक, काठमाडौं। सर्वोच्चका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्धा नहेर्ने भएका छन्। न्यायाधीशहरुले सामुहिक छलफल गरी बन्दी प्रत्यक्षीकरणका मुद्धा नहेर्ने निर्णय गरेका हुन्।
आज मंगलबार न्यायाधीहरुको बैठक बसेको थियो। यसअघि सोमबार न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा हेरेका थिए।
अदालतको गतिरोध अन्त्य गर्न असन्तुष्ट न्यायाधीशहरूले ३ जना न्यायाधीशको वार्ता टोली बनाएका थिए । प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ चाहेको सन्देश पठाएको भन्दै वार्ता टोलीले त्यस्तो ‘एक्जिट’ को अर्थ खोजिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्