Logo

प्रदेश प्रमुखलाई राजीनामा बुझाए मुख्यमन्त्री भीम आचार्यले



Spread the love

१५ कात्तिक, काठमाडौँ। प्रदेश प्रमुखलाई मुख्यमन्त्री भीम आचार्यले राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका थिए।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेकाले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्