१५ कात्तिक, काठमाडौँ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश इजलासमा बसेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तोकेको पेशीमा सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश कुमार रेग्मीले कारण देखाउ आदेश जारी गरेका हुन्।
जिल्ला अदालत हेटौंडाको आदेशविरुद्ध सार्वजनिक प्रतिरक्षक समाज नेपालले दायर गरेको रिटमाथि रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।
प्रधानन्यायाधीशविरुद्ध आन्दोलन घोषणा गरेका न्यायाधीशहरु ८ दिनपछि इजलासमा फर्किएका हुन्।
सर्वोच्चका न्यायाधीशहरुले गत आइतबार चिया समयपछि इजलास बहिस्कार गरेका थिए। सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्