Logo

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले घोषणा गर्‍यो ४ दिने आन्दोलन



Spread the love

१२ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै आन्दोलन घोषणा गरेको छ। आज बसेको बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको हो।

बारले सर्वोच्चमा पहिलो दिन कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने भएको छ। त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ।

प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने महासचिव लीलामणि पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्