Logo

देशभर थपिए ५४९ कोरोना संक्रमित, ६ जनाको मृत्यु



Spread the love

१२ कात्तिक, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यस्तै, काठमाडौँ उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्