१२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा १५ जना न्यायाधीशविरुद्ध रिट परेको छ। विगत चार दिनदेखि न्यायधीशको अघोषित हड्तालको कारण कामकारबाही प्रभावित भएको भन्दै अधिवक्ताहरुले रिट दायर गरेका हुन्।
अधिवक्ताहरु कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल र तोयानाथ ढुंगाना तथा सिन्धुपाल्चोकका नकुल तिमल्सिना, झापाका नेत्रप्रसाद मैनाली र सभ्यता नेपाल र काभ्रेका शिवराम थापाले संयुक्तरुपमा रिट प्रस्तुत गरेका हुन्।
न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार चौथो दिनसम्म सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्