Logo

देशभर थपिए ६७२ कोरोना संक्रमित, ८ जनाको मृत्यु



Spread the love

१० कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमित थपिएका छन्। ७१६७ पीसीआर परीक्षणमा ५८२ र २३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४९० संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, सो अवधिमा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्