Logo

तीन वर्षसम्म अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टोलिको मुख्य प्रशिक्षक रहने



Spread the love

१० कात्तिक, काठमाडौँ । तीन वर्षसम्म अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रहने भएका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका हुन्।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको जानकारी दिएका छन्। आफूलाई नेपाल फर्काउनका लागि सहयोग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन् ।

‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन् ।

यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्