Logo

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले बुझाइन् प्रदेश प्रमुख समक्ष राजीनामा



Spread the love

१० कात्तिक, काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।प्रदेशसभा बैठकबाट बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिएकी थिइन्।

उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । त्यस्तै उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

शाक्यले प्रदेशसभामा ४ कार्तिकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मत विभाजन हुने कार्यसूची थियो । तर मतदान प्रक्रियामा नगइ उनले राजीनामा दिएकी हुन्। विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढलेको हो।

योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्