Logo

टी २० विश्वकप – सुपर–१२ मा नामिबियाले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी। आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा नामिबियाले पहिलो खेलमा स्कटल्यान्डसँग भिड्दैछ । आज सेख ज्यायद क्रिकेट स्टेडिमयमा हुने खेल नेपाली समयानुसार साँझ ७ः४५ बाट सुरुवात हुनेछ ।

पहिलो चरणमा आयरल्यान्ड र नेदरल्यान्ड्सलाई पराजित गर्दै सुपर–१२ मा प्रवेश गरेको नामिबिया सुखद सुरुवात गर्ने योजनामा छ ।

पहिलो खेलमा कमजोर बनेको स्कटल्यान्ड सेमिफाइनलमा प्रवेशका लागि सहज बनाउन आजको खेलमा सहज जित निकाल्ने रणनीतिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्