Logo

जबरा आफैंले इजलास राखेर मुद्दा हेर्न थाले, ५ मुद्दाको सुनुवाइ



Spread the love

१० कात्तिक, काठमाडौँ । बुधबार १४ न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएकाले त्यससम्बन्धी शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्न लागेको हो ।

सरकारी वकिलबाट सेवा प्रवेश गरी न्यायाधीश समेत बनेका पण्डितको बुधबार निधन भएको हो ।

यस्तै, आफ्नो राजीनामा माग गर्दै न्यायाधीशहरूले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफू भने इजलासमा बसेका छन् । आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् ।

दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्