Logo

विवादमा तानिएका प्रधानन्यायाधीश राणाले तोके ११ इजलास, सुनुवाइ हुने सम्भावना कम



Spread the love

१० कात्तिक, काठमाडौँ । न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पेसी तोकेका छन् । उनले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका हुन्।

जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । संवैधाानिक इजलासमा एउटा मात्रै मुद्दा पेसीमा राखिएको छ ।

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्