Logo

काराबाओ कप – आर्सनल र चेल्सी क्वाटरफाइनलमा



Spread the love

एजेन्सी । लन्डन क्लब चेल्सी र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा चेल्सीका मार्कोस अलन्सो, कलुम हड्सन ओडोई, बेन चिलवेल र जेम्स रिसले गोल गरे । मासन माउन्टले गोल गर्न सकेनन् ।

साउथह्याम्पटनका एडम आम्सट्रङ, शेन लङ र ओरिओल रोमेउले गोल गरे । वालकोट र स्मलबोनले गोल गर्न सकेनन् ।

यस्तै, अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्