Logo

देशभर थपिए ६६६ कोरोना संक्रमित, ६२२ जना संक्रमणमुक्त



Spread the love

९ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६६६ जना कोरोना संक्रमित थपिएका छन्। ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा २३५ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ जना संक्रमित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्