Logo

नेपाली बक्सर सनिल विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा



Spread the love

काठमाडौँ। नेपाली बक्सर सनिल शाही २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेका छन् ।सर्बियाको बेलग्रेडमा सोमबारदेखि सुरु भएको खेलमा इराकका खेलाडी इसाम अल ओहिदी उपस्थित नभएपछि सनिल स्वतः विजेता घोषित भएका हुन् ।

सनिलले बिहीबार आयोजक सर्बियाका अब्बासोभ भाखिदसँग अन्तिम १६ प्रवेशका लागि भिड्नेछन्।

नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सनिलले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्