Logo

प्रधानन्यायाधीश राणाको अडान – कसैले भन्दैमा राजीनामा दिन्नँ



Spread the love

९ कात्तिक, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राजीनामा नदिने बताएका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएका हुन् ।

सर्वोच्च अदालतमै एक्लीएका राणाले अदालतमा आएको भद्रगोलको आफूले जिम्मा नलिने समेत बताएका छन् । राणाले फैसला विवादित भएका कारण आफूले राजीनामा दिनुपर्ने भए अरू न्यायाधीशका लागि पनि त्यही कुरा लागू हुने बताए।

‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन,’ राणाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्