एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को सिजनका लागि दुई नयाँ फ्रेन्चाइज टोलीको टुङ्गो लागेको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएल टी–ट्वान्टी क्रिकेटमा अब १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
लखनऊ र अहमदाबाद आईपीएल खेल्ने नयाँ टोलि भएको छ। लखनउलाई सन्जिब गोयन्का ग्रुप (आरपीएसजी) भेन्चर्सले ७ हजार ९० करोड भारुमा खरिद गरेको छ । अहमदाबादलाई सिभिसी क्यापिटल्स पार्टनरले ५ हजार ६२५ करोड भारुमा किनेको हो ।
आइपिएलमा ८ भन्दा बढी टोलीले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०११ मा १० तथा सन् २०१२ र १३ मा ९–९ टोलीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्