७ कात्तिक, काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको हो।
सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो।
प्रतिक्रिया दिनुहोस्