Logo

प्रिमियर लिग – लिभरपुलले म्यानचेस्टर युनाइटेडको सामाना गर्दै



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । ओल्ड ट्राफडमा खेल नेपाली समयअनुसार ९ १५ बाट सुरु हुनेछ ।

लिगको शिर्ष स्थानमा फर्कने लक्ष्यमा रहेको लिभरपुल र युनाइटेडविचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । लिभरपुल फर्ममा छ भने क्रिस्टियानो रोनाल्डोको पूनरागमनपछि उत्साहित युनाइटेडले दमदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेको छैन ।

१८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड १४ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्