Logo

जिमनास्टिकमा सहभागी हुने खेलाडीलाई खेलकुदमन्त्रीले गरे बिदाइ



Spread the love

७ कात्तिक, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गरेका छन् । गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताए ।

मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरूलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए ।

मन्त्री गहतराजले खेलाडीहरूलाई नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे । प्रतियोगिता कात्तिक ९ गतेदेखि सात दिनसम्म चल्नेछ । खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्