५ कात्तिक, काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट ज्यान गुमाउने संख्या १ सय ११ जना पुगेको छ । अविरल वर्षाको कारण शुक्रबार दिउँसोसम्म बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, वाग्मती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो।
जसमध्ये १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्