Logo

इटालीयन फरवार्ड बिकास मेराग्लिया च्यासलमा आबद्ध



Spread the love

काठमाडौँ । इटालीमा ब्यवसायिक फूटबल खेल्दै आएका नेपाली मुलका बिकास मेराग्लिया आगामी ए डिभिजन लिगको लागि च्यासल युथ क्लबमा आबद्ध भएका छन् । युवा स्ट्राइकर विकासले शुक्रबार ए डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन्। विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् ।

उनले आफ्नो १३ वर्षदेखि नेपाल आउने सपना पूरा भएको भन्दै खुसी व्यक्त गरे । विकाशले नेपाली राष्ट्रिय टोलीबाट खेल्नेबारे सोचिनसकेको बताए ।

इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्