Logo

कुलमान घिसिङको गुनासो – सर्वोच्चको अवरोधले तीव्र गतिमा काम गर्न पाइनँ



Spread the love

५ कात्तिक, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालत र स्थानीयको अवरोधले गर्दा तीव्र गतिमा काम गर्न नपाएको गुनासो राखेका छन् । विद्युत प्राधिकरण कर्मचारी संघको आज भएको १२औँ महाधिवेशन उद्घाटन समारोहमा उनले विद्युत खपत बढाउने काममा सर्वोच्च र स्थानीयबाट अवरोध भइरहेको बताएका हुन्।

विद्युत्‌को माग बढाउनका लागि काम भइरहेको पनि घिसिङले जानकारी दिए । नेपालको विद्युत् भारत, बंगलादेशलगायत सार्क मुलुकहरूमा निर्यात गर्नका लागि राजनीतिक नेतृत्वले पनि भूमिका खेल्नुपर्ने उनले बताए ।

पहिलो पटक कार्यकारी निर्देशक भएर प्राधिकरणमा प्रवेश गर्दा विद्युत् खपत कसरी कम गर्ने भन्ने रहेको दोस्रो कार्यकालका लागि आउँदा कसरी माग बढाउने भन्ने चुनौती रहेको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्