५ कात्तिक, कञ्चनपुर। बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं फर्किएपछि पीडितलाई राहत तथा आवश्यक क्षतिपूर्ति दिनेबारे निर्णय लिने बताएका छन् । उनले क्षतिको विवरण र पीडितको तथ्यांक संकलन गरेर आवश्यक राहत दिइने बताएका हुन् ।
शुक्रबार बिहान देउवा महाकाली बाढीले बगाएको पहुँच मार्गको निरीक्षणमा पुगेका थिए । ‘बेमौसमको वर्षाले पूर्वदेखि पश्चिमसम्म ठूलो क्षति भएको छ,’ उनले भने, ‘हामीले यहाँबाट फर्केर केही न केही निर्णय गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्