४ कात्तिक, काठमाडौँ । आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।
यस्तै, ४० जना घाइते भएका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्दारको कार्य जारी रहेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्