Logo

कोरोना महामारी २०२२ सम्म लम्बिन्छ – डब्ल्यूएचओ



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोना संक्रमण अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका शीर्ष अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी नसकिने बताएका हुन्।

विश्वभर कोरोना खोप पुर्‍याउन डब्ल्यूएचओको नेतृत्वमा ल्याएको कोभ्याक्स कार्यक्रमले पनि लक्ष्य अनुसारको खोप वितरण गर्न सकेको छैन। त्यसैले पनि अफ्रिकी मुलुकमा कोरोना खोपको अभाव भएको हो।

कोभ्यास कार्यक्रमअन्तर्गत सन् २०२१ भित्र दुई अर्ब डोज खोप वितरणको लक्ष्य थियो।

प्रतिक्रिया दिनुहोस्