Logo

नेपाली राष्ट्रिय टोलीको खस्कियो फिफा वरियता



Spread the love

४ कात्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ६९ स्थानमा आइपुगेको हो।

यसअघि, नेपाल १ सय ६७ औँ स्थानमा थियो। नेपालले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो।

वरियताको शीर्ष स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल र तेस्रोमा फ्रान्स छ।

प्रतिक्रिया दिनुहोस्