३ कात्तिक, काठमाडौं । बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ बन्द हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलि ५ बजेसम्म वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो ।
बिहीबारका लागि वायुसेवा कम्पनीले निर्धारित उडानहरु समेत रद्द गरेका छन् । भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको थियो।
प्रतिक्रिया दिनुहोस्