३ कात्तिक, काठमाडौं । आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको छ । ११ जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोमा परी ४८ जनाको मृत्यु भएको हो ।
इलाममा ११, डोटीमा ९, हुम्लामा ६, पाँचथरमा ६, धनकुटामा ६, बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, प्युठानमा १, उदयपुरमा १ र कालिकोटमा १ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।
देशभर २६ जना घाइते भएका छन् भने ३० जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्