२ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज खोप दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको कुराकानीका क्रममा थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो।
प्रतिक्रिया दिनुहोस्