Logo

भारतले जित्यो साफ च्याम्पियनसिप, नेपालको सपना अधुरै



Spread the love

३० असोज, काठमाडाैँ । साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएको छ । शनिबार माल्दिभ्सको राजधानी मालेस्थित माल्दिभ्स नेशनल फुटबल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई विजयी बनाउन कप्तान सुनिल क्षत्री, सुरेश सिंह वाङ्जम र सहल अब्दुल सामदले एक एक गोलको योगदान गरे । सुनिल क्षत्रीले ४९ मिनेटमा पहिलो गोल गरेका थिए । सोही मिनेटमा अर्को गोल गर्दै वाङ्जमले भारतको अग्रता दोब्बर पारे । त्यस्तै, निर्धारित समयपछि थपिएको समयमा गोल गर्दै सामदले भारतको जीत सुनिश्चित गरे ।

भारतले यो सहित आठाैँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो भने नेपालले साफ इतिहासमै पहिलो फाइनल खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्