Logo

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा



Spread the love

२७ असोज, काठमाडाैँ । नेपाल १३औँ संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको निर्णायक खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेसँगै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफको ८ मिनेटमा नै नेपाल पछाडी परेको थियो । तर, दोश्रो हाफको ८८औँ मिनेटमा अन्जन विष्टले बराबरी गोल फर्काएसँगै नेपालले फाइनलमा स्थान बनाएको हो ।

खेलको ७९औँ मिनेटमा बंगलादेशको किपर रहानम जिकोले रेडकार्ड पाएसँगै बंगलादेश १० खेलाडीमा सेटिएको थियो ।

नेपाल पहिलो पटक साफ च्याम्पिनसिपको फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्