Logo

गोरखा दरबारबाट पठाइयो हनुमानढोकामा फूलपाती



Spread the love
फाइल तस्बिर

२६ असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंको हनुमानढोकामा भित्र्याउन फूलपाती पठाइएको छ। वर्षौँदेखिको परम्परा अनुसार मंगलबार पनि हनुमानढोकाका लागि फूलपाती पठाइएको हो । फूलपाती पठाउने क्रममा धिमेबाजा र डोलीसहितको टोलीले हर्षोल्लास गरेको थियो ।

फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको दरवारका पुजारी शारदा प्रसाद भट्टराइले जानकारी दिए ।

गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्