Logo

जर्मनी बन्यो विश्वकपमा छनोट हुने पहिलो टोलि



Spread the love

एजेन्सी । विश्वकप २०२२ का लागि जर्मनी छनोट भएको छ। चार पटकको विश्व विजेता जर्मनीले गएराति नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै कतार विश्वकप २०२२ का लागि स्थान पक्का गरेको हो ।

जर्मनीले काई हाभार्टेजको गोलबाट ५०औ मिनेटमा अग्रता लिएको थियो । ७०औं मिनेटमा टिमो वेर्नरले अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेट वित्न नपाउँदै वेर्नरले व्यक्तिगत दोस्रो गोल थपे । खेल सकिन सात मिनेट हुँदा जमल मुसिएलाले अर्को गोल थपेपछि जर्मनीले सहज जित निकालेको हो ।

जितसँगै जर्मनीले समूह ‘जे’को शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो । जर्मनीले आठ खेलबाट २१ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्