Logo

फाइनल प्रवेशका लागि कोलकाताले दिल्ली क्यापिटल्ससँग भिड्ने



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स क्वालिफायरमा पुगेको छ ।

शारजहाँमा भएको खेलमा बेंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले ६ विकेटको नोक्सानीमा पुरा गर्यो । कोलकत्ताका लागि सुभमन गिलले २९, वेंकटेस आयर र सुनिल नायरले समान २६/२६ रन बनाए भने नितिस रानाले २३ रन जोडे। त्यसक्रममा बैंगलोरका मोहम्मद सिरज, हर्षल पटेल र युजवेन्द्र चहलले समान २/२ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंगलोरले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।

कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्