बुटवल । लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुरमा ज्यान गुमाएकाहरुको परिवारलाई जनही एकएक लाख रूपैयाँ दिने भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १र१ लाख रूपैयाँ दिने निर्णय भएको हो ।
आइतबार बुटवल उपमहानगरपालिका -१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो ।
घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्