Logo

भारतसँग हार्यो नेपाल



Spread the love

२५ असोज, काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा भारतले नेपाललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा सुनिल क्षेत्रीले खेलको ८२औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो । यो जितपछि भारतको ३ खेलमा ५ अंक भएको छ भने अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै नेपालको ३ खेलमा ६ अंक रहेको छ र नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध आगामी बुधबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्