Logo

चिरपटले हानेर भतिजाले गरे काकीको हत्या



Spread the love

२४ असोज, गुल्मी । गुल्मीमा चिरपटले हानेर एक जनाको हत्या भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १३ का २५ वर्षीय प्रकाश विकले आफ्नै ६० वर्षिया काकी पार्वती विकको हत्या गरेका हुन् ।

आइतबार साँझ चिरपट दाउरा प्रहारबाट गम्भीर घाईते भएकी विकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष खुम खत्रीले जानकारी दिए । घटनापछि आरोपित विकलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्